झन्डै १५ किलो चरेससहित गोरखाबाट एक महिला पक्राउ

 कात्तिक २५, २०७८ बिहिबार १९:०:५१ | किरण लोहनी
unn.prixa.net

गाेरखा – झन्डै १५ किलो चरेससहित गोरखाबाट एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय गोरखाले १४ किलो आठ सय ग्राम चरेससहित धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङलाई पक्राउ गरेको हो ।

लाप्राकबाट छेवेटार आउँदै गरेको बा २० च ९३३२ नम्बरकाे जीपमा झन्डै १४ किलाे परिमाणमा चरेस फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो । अस्थायी प्रहरी पोस्ट चनौटेले हिजाे बुधवार राति जाँच गर्ने क्रममा गुरुङले बोकेको पहेंलो रङ्गको बोराभित्र प्लास्टिककाे थैलोमा छुट्टाछुट्टै पोका बनाइएको चरेस बरामद भएको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेकी गुरुङले आफ्नो बारीमा फलेको गाँजाबाट आफैँले चरेस उत्पादन गरेको प्रारम्भिक बयान दिएकी छन् । प्रहरीले लाप्राकमा रहेकाे उनको घरमा जाँच गर्दा थप चार सय ग्राम चरेस र तराजु बरामद गरेको दाहालले जानकारी दिनुभयो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको समय दिइएको उहाँले बताउनुभयो ।

गुरुङ चढेर आएको जीप पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया