धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश

 कात्तिक २६, २०७८ शुक्रबार ११:३६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आन्दोलनरत कानुन व्यवसायीको धर्ना छल्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गर्नु भएको छ ।

महान्यायाधिवक्ता कार्यालय नजिकको गेटबाट उहाँ सर्वोच्च प्रवेश गर्नु भएको हो । उहाँलाई आज सर्वोच्चमा प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीहरुले बिहान १० बजेदेखि नै मूल गेटमा धर्ना दिएका थिए । तर  धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्नु भएको हो ।

सर्वोच्च आसपासमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि बिहान कानुन व्यवसायीको विरोध प्रदर्शनमा झडप समेत भएको थियो । सर्वोच्च अदालत अगाडि आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच झडप भएको हो ।

झडपपछि केहीलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, कानुन व्यवसायीको आन्दोलनका कारण अहिले सर्वोच्च अदालत आसपासका सडकमा गाडीको चाप बढेको छ । माइतीघर मण्डला, थापाथली, सिंहदरबार चोक र पद्मोदय मोडमा जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया