न्युजिल्यान्डसँगको टी–२० क्रिकेट श्रृङ्खलामा भारतको 'क्लिन स्वीप'

 मंसिर ६, २०७८ सोमबार ६:५१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - न्युजिल्यान्डसँगको तीन खेलको टी–२० क्रिकेट श्रृङ्खलामा घरेलु टोली भारतले 'क्लिन स्वीप' गरेकाे छ । 

कोलकातामा गएराति भएको खेलमा न्युजिल्यान्ड ७३ रनले पराजित भएको हो । भारतले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७ ओभर २ बलमा अलआउट हुँदै १ सय ११ रन मात्रै बनाउन सक्यो । न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ५१ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

यस्तै, न्युजिल्यान्डका लागि टिम सेइफर्टले १७ र लक्की फर्गुसनले १४ रन जोडे पनि अरु खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । भारतका अक्षर पटेलले ३, हर्सल पटेलले २ तथा  दीपक चहार, युजभेन्द्र चहाल र भेन्कातेस ऐरले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन जोडेको थियो ।

भारतका लागि कप्तान रोहित शेर्माले ५६ रनको अर्धशतकीय पारी खेले भने  इशान किसनले २९,श्रेयस एयरले २५, दिपक चाहरले २१, भेन्कातेस ऐरले २० रन बनाए । न्युजिल्यान्डका मिचेल स्टाननरले ३ विकेट लिए भने लकी फर्गुनस, एडम मिल्ने, ट्रेन्ट बोल्ट र ईश सोधीले १/१ विकेट लिए।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया