नेपाली दूतावास युएईले विप्रेषण सम्बन्धी अन्तरक्रिया गर्ने

 जेठ २०, २०७५ आइतबार १३:३१:२२ | उमाकान्त पाण्डे
unn.prixa.net

जेठ २० – नेपाली दूतावास युएईले विप्रेषणका विषयमा सरोकारवाला संघसंस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने भएको छ । चालु आर्थिक वर्षमा गर्नुपर्ने आर्थिक कुटनीति अन्तर्गत विप्रेषण सम्बन्धमा दूतावासले कार्यक्रम गर्न लागेको हो । 

सोमबार साँझ दूतावासकै सभाहलमा गरिने कार्यक्रममा युएईमा रहेका नेपालका विभिन्न बैंकका प्रतिनिधि, रेमिट्यान्स सरोकार समुह लगायतको उपस्थिति रहनेछ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र त्यसमा विदेशमा रहेका नेपालीबाट देशले गरेको अपेक्षा लगायत तथा वैधानिक रुपमा रेमिट्यान्स भित्र्याउने विषयमा छलफल गरिने सूचना अधिकारी कृष्ण अर्यालले जानकारी दिनुभयो । 

उत्पादनशिल क्षेत्रमा प्रयोग गरेर विप्रेषणलाई अर्थतन्त्रको मूल प्रवाहमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिने छ । अन्तरक्रियाबाट आएको निचोडलाई प्रतिवेदन बनाएर सरकारलाई पठाउने दूतावासको तयारी छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया