च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पीएसजीलाई हरायो

 मंसिर ९, २०७८ बिहिबार ६:४३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन पीएसजीलाई हराएको छ ।

पीएसजीले समूह ‘ए’ को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको छ । सिटीले घरेलु मैदानमा पीएसजीलाई २–१ गोलले हराएको हो ।

पीएसजीले खेलको ५० औं मिनेटमा किलियन एम्बाप्पेको गोलमा अग्रता लिएको थियो । तर रहिम स्टर्लिङले खेलको ६३ मिनेटमा गोल गरी बराबरी गरे ।

सिटीका वैकल्पिक खेलाडी ग्याब्रिएल जेससले खेलको ७६ औँ मिनेटमा गोल गरे । समूहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५–० गोलले हराएको छ । सिटी ५ खेलमा १२ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा छ ।

पीएसजी समान खेलमा ८ अङ्कसहित दोस्रोमा छ । त्यस्तै लाइप्जिग र ब्रुगको समान ४/४ अङ्क रहेको छ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०७८

तपाईको प्रतिक्रिया