रातो मच्छिन्द्रनाथलाई मङ्सिर २३ गते पाटन ल्याइने

 मंसिर ९, २०७८ बिहिबार २०:३७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – सहकालका देवता रातो मच्छिन्द्रनाथलाई मङ्सिर २३ गते पाटन ल्याइने भएको छ । बुङ्गमतीमा रहेका मच्छिन्द्रनाथलाई पाटन ल्याउनका लागि आज (बिहीवार) बिहान ज्योतिषहरू कीर्तिकिरण जोशी र पूर्ण मङ्गल जोशीले मङ्गलबजारमा रहेकाे सोह्रखुट्टे पाटीमा बसेर साइत हेर्नुभएको थियो ।

साइत हेर्नका लागि बिहीवारलाई शुभ मानिन्छ । महिनाको हिसाबले पनि मच्छिन्द्रनाथको कुनै पनि काम पुसमा गर्न शुभ मानिँदैन । त्यसैले धेरैजसाे वर्षमा मङ्सिरमा नै साइत हेरिने गरिएकाले आज साइत हेरिएकोमा मङ्सिर २३ गते शुभ साइत निस्केको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो ।

मङ्सिर २३ गते बिहान पूजाआजा सकेर अपराह्न खटमा राखेर देवता ल्याएर मच्छिन्द्रबहालमा राखिने ज्योतिष दैवज्ञ जोशीले बताउनुभयो । बुङ्गमतीको मुख्य बाटोबाट नै देवतालाई खटमा बोकेर पाटन ल्याइन्छ ।

मच्छिन्द्रनाथलाई ६ महिना पाटनमा र ६ महिना बुङ्गमतीमा राख्ने गरिन्छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया