काठमाण्डौ र चितवनसहित देशका धेरै ठाउँमा आज घाम नलाग्ने

 मंसिर १०, २०७८ शुक्रबार १२:११:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौसहित देशका धेरै ठाउँमा बाक्लो हुस्सु र तुवाँलो लागेको छ ।

बिहानैदेखि लागेको हुस्सु र तुवाँलो अझै हटेको छैन । तुवाँलोका कारण भिजिबिलिटी घटेको छ । 

भिजिबिलिटी कम हुँदा यसको असर चितवनमा सुरु भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा पनि देखिएको छ । मञ्चबाट टाढा बस्नेहरुलाई मञ्चसम्मको दृश्य प्रष्ट देख्न कठिन भएको छ । एमालेको महाधिवेशन भएको ठाउँ चितवन र काठमाण्डौसहित धेरै ठाउँमा आज घाम नलाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार पानी पर्ने सम्भावना भने छैन । धुलो, धुवाँ र प्रदूषणका कारण तुवाँलो लागेको मौसमविद्ले बताएका छन् । तुवाँलो आज दिनभर नै रहने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । हिजो अस्तिदेखि नै देशका धेरै ठाउँमा पारिलो घाम लागेको छैन ।

आज प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा  हिमपातको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया