एमाले महाधिवेशन : आजदेखि बन्द सत्रको कार्यक्रम सुरु हुँदै

 मंसिर ११, २०७८ शनिबार ६:४३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ ।

बन्द सत्रको कार्यक्रम चितवनको सौराहामा बिहान साढे आठ बजेदेखि सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बन्द सत्रमा विधान संशोधनको विषयमा छलफल नगर्ने निर्णय गरेको एमालेले पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेपछि यसलाई पारित गर्न पुन: विधान संशोधनको विषयमा पनि छलफल गर्ने भएको छ ।

यस्तै, आज नै बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको निर्वाचन समितिले बनाएको छ ।

आजै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि मतदान गर्ने कार्यक्रम तय भएको छ ।

एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउने तयारी भए पनि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । रावलले हिजो राति पत्रकार सम्मेलन गरेर आफूले उम्मेदवारी फिर्ता नलिने बताउनुभएको छ ।

वरिष्ठ उपाध्यक्षसहितका पदमा पनि सहमति जुटाउने प्रयास भइरहेको छ, तर अहिलेसम्म टुङ्गो लागेको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया