पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झर्‍याे

 मंसिर १२, २०७८ आइतबार १६:४५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झरेको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार नौ सय १८ जनाको नमुना परीक्षण गर्दा एक दशमलव ७७ प्रतिशत अर्थात् एक सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख २० हजार आठ सय ७८ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार चार सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि सात हजार जनाभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा तीन सय ४२ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार नौ सय ६६ जनामा झरेको छ । नेपालमा अहिलेसम्म आठ लाख दुई हजार तीन सय ८९ जना निको भएका छन् । 

यही अवधिमा दुई जनासहित कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय २३ जना पुगेको छ । 

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख २७ हजार ६ सय ११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म नेपालमा ८३ लाख १३ हजार आठ सय ६१ जनाले पूर्ण मात्रा र ९६ लाख ४७ हजार पाँच सय ६० जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया