वरिष्ठ नेता पौडेलद्वारा 'कांग्रेसकाे अबकाे बाटाे' शीर्षकमा १० बुँदे एजेन्डा सार्वजनिक

 मंसिर १२, २०७८ आइतबार १७:२५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी रूपान्तरणका १० सूत्र सार्वजनिक गर्नुभएको छ । नेता पौडेलले कांग्रेसको अबको बाटो शीर्षकमा १० बुँदे एजेन्डा सार्वजनिक गर्नुभएको हो ।

नेता पौडेलले आज आइतवार सार्वजनिक गर्नुभएको सूत्रमा पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुद पार्न आह्वान गर्नुभएको छ ।

राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउनुपर्ने, राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न सङ्घर्ष गर्नुपर्ने लगायतका विषयहरू उहाँकाे एजेन्डामा समेटिएका छन् । नेपा पाैडेलले पार्टीको लोकतन्त्र क्षय भइरहेको भन्दै त्यसलाई जोगाउनुपर्ने बताउनुभएको छ ।

यस्तै २०१५ सालमा कांग्रेसले दुई तिहाइ जनसमर्थन प्राप्त गरेको उल्लेख गर्दै नेता पौडेलले कांग्रेसलाई त्यही अवस्थामा पुर्‍याउन प्रयासका लागि आह्वान गर्नुभएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया