एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेललाई प्रस्ताव

 मंसिर १२, २०७८ सोमबार ५:३५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेलको नाम प्रस्ताव  गर्नुभएको छ।

यस्तै ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव गरिएको छ । त्यस्तै ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई प्रस्ताव गरिएको छ ।

सात जना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्ताव भएको छ । नेताहरु भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरूको विरोधकाबीच ओलीले राति भएको बन्द सत्रमा यो प्रस्ताव ल्याउनुभएको हो । तर प्रस्तावित नाम अनुमोदन भने भइसकेको छैन।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया