नेभिगेशन
शनिबार, असोज ३, २०८३

अध्यक्षमा ओलीको मनोनयन दर्ता

चितवन - नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिनुभएको छ । 

 सर्वसम्मत अध्यक्ष बन्ने प्रयास गरे पनि नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि ओली चुनावी प्रक्रियामा जान बाध्य हुनुभएको हो । अध्यक्षसहित सहमति नभएको पदमा भरे बेलुकी मतदान हुनेछ ।

तालिकाअनुसार  उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १० बजेर ३० मिनेटमा र अन्तिम नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । यस्तै आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ ।

गएको शुक्रवारदेखि चितवनमा सुरु भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशन हिजै सकिने कार्यतालिका भए पनि सहमतिको प्रयास हुँदा लम्बिएको हो ।

प्रकाशित मिति:
थप राजनीति