स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको क्लबलाई हरायो

 मंसिर १६, २०७८ बिहिबार ६:४६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको क्लबलाई हराएको छ ।

आज बिहान भएको खेलमा रियलले एथ्लेटिकोलाई १–० ले हराएको हो । रियलका करिम बेन्जिमाले खेलको ४० औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

रियल मड्रिड १५ खेलमा ३६ अङ्कसहित शीर्ष स्थानमा छ । एथ्लेटिको क्लब भने १५ खेलमा २० अङ्कसहित आठौँ स्थानमा यथावत छ ।
 

अन्तिम अपडेट: मंसिर १८, २०७८

तपाईको प्रतिक्रिया