कांग्रेसकाे १६ जिल्लाकाे अधिवेशन स्थगित

 मंसिर १६, २०७८ बिहिबार १३:८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसले १६ जिल्लाकाे अधिवेशन स्थगित गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति निकालेर अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो ।

बाँकी रहेका जिल्लामा १४ औँ महाधिवेशनपछि मात्रै अधिवेशन गर्ने निर्णय भएको छ । कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत अहिलेसम्म ६१ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया