कांग्रेसको उपसभापतिमा निधि मनोनित, रामचन्द्र पोडेल समूहद्वारा बैठक बहिष्कार

 बैशाख २१, २०७५ शुक्रबार १८:१८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, वैशाख २१ –नेपाली कांग्रेसका सभापति देउवाले विवादकाबीच पार्टी पदाधिकारी नियुक्त गर्नुभएको छ । 

देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा डाक्टर प्रकाशशरण महतलाई मनोनित गर्नुभएको हो । तर देउवाले एकलौटी रुपमा पदाधिकारी मनोनयन गरेको भन्दै रामचन्द्र पौडेल पक्षका नेताले केन्द्रीय कार्य समिति बैठक बहिस्कार गरेका छन् । 

रिक्त पदाधिकारी मनोनयन बारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा सभापति शेरबहादुर देउवाले मनोनित पदाधिकारीको नाम पेस गरे लगत्तै पौडेल पक्षले बैठक बहिस्कार गरेको हो । देउवाले प्रस्ताव गरेका नामलाई कार्यसमितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्था छ । कांग्रेसको विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । 

त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ । विधानमा पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित बाँकी सदस्य मनोनयन गर्ने व्यवस्था छ । 

वरिष्ठ नेता पौडेल पक्षले भने महाधिवेशन भएको दुई महिनामा गर्नुपर्ने पदाधिकारी मनोनयन दुई वर्षसम्म पनि नगर्दाको अवस्थामा विधानको प्रावधानलाई समेत सम्बोधन गर्ने गरी सहमतिमै पदाधिकारी मनोनयन गर्दा राम्रो सन्देश जाने सझाव दिएको थियो ।

तर आज देउवाले सुझाव विपरित तीन जना नै आफू पक्षबाट मनोनति गरेपछि पौडेल पक्ष आक्रोशित बनेको हो । पौडेलसहित उनी पक्षका नेताहरुले बैठक बहिष्कार गरे पनि बैठकमा पेश भएको नाम अनुमोदन भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया