विश्वका प्रभावशाली एक सय महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट

 मंसिर २२, २०७८ बुधबार ६:५३:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट लिइएको जनाएको छ ।

बितेको २० वर्षमा अफगानिस्तानमा महिला सशक्तिकरणमा भएको प्रगति तथा हालै तालिबान सत्तामा फर्किएपछि महिला अधिकारमा भएको र हुन सक्ने सङ्कुचनलाई ध्यान दिएर आधा सूचीमा अफगानिस्तान वा अफगानिस्तानसँग जोडिएको महिलाको नाम रहेको बीबीसीले जनाएको छ । यो वर्षको सूचीले अफगान महिलाहरूले प्रस्तुत गरेको साहस तथा उनीहरूको उपलब्धिलाई सम्मान गरेको जनाइएको छ ।

बीबीसीले विश्वभरका महिलामध्ये हरेक वर्ष एक सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ । यो वर्ष सूचीमा परेकाहरूमध्ये सबैभन्दा कान्छी नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ, समोआकी प्रथम महिला प्रधानमन्त्री फियामे नाओमी मटाफा, भ्याक्सीन कन्फिडेन्स प्रोजेक्टकी प्रमुख प्राध्यापक हेइडी जे लार्सन, चर्चित लेखिका चिमामान्डा नगोजी अडिची लगायत रहेका छन् । 
 

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया