पार्टीलाई विधिसम्मत ढङ्गले अघि बढाउन सभापतिमा उम्मेदवारी दिएकाे हुँ : प्रकाशमान सिंह

 मंसिर २५, २०७८ शनिबार १९:१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत ढङ्गले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताउनु भएको छ । 

नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएपछि नेता सिंहले पार्टीलाई विधिसम्मत, नियम सम्मत र संस्थागत ढङ्गले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताउनु भएको हो ।

उहाँले महाधिवेशनमा दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्नो प्यानल नै विजयी हुने दाबी समेत गर्नु भयो । नेता सिंहले भन्नु भयो, 'पार्टीलाई विधिसम्मत, नियमसम्मत संस्थागत गर्न पार्टीलाई शुद्धीकरण गर्न, पार्टीलाई सुदृढीकरण गर्नका लागि मैले उम्मेदवारी दिएको हो । दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्ना प्यानलनै विजयी हुनेछ ।’

नेता सिंहले १३ औँ महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर अरु नेताहरुलाई अवसर दिएकाले यस पटक आफूलाई सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नु भयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया