नेभिगेशन
शुक्रबार, मंसिर ४, २०८३

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडकाे सहज जित

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा खेलको १६ औँ मिनेटमा करिम बेन्जिमाले गाेल गरे भने मार्क्रो एसेन्सिओले खेलको ५७ औँ मिनेटमा गोल गरे । जितसँगै शीर्ष स्थानमा रहेको रियल मड्रिडले ४२ अङ्क जोडेको छ ।

एथ्लेटिको मड्रिड भने २९ अङ्कका साथ चौथो स्थानमा छ ।

प्रकाशित मिति:
थप खेलकुद