हेलिकप्टर दुर्घटनामा पाँचजनाको ज्यान गयो, एकजना घाइते

 भदौ २३, २०७५ शनिबार १५:५०:३ | नवदीप अजनबी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – गोरखाको सामागाउँबाट ७ जना यात्रुसहित काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटको म्यागङ गाउँपालिका बसुन्चेतको मैलुङ पाखामा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।

हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको र १ जना महिलाको गम्भीर अवस्थामा उद्दार गरिएको नुवाकोटका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँले आफू घटनास्थलमा पुग्न अझै समय लाग्ने तर स्थानीय प्रहरीसँगको सम्पर्कका क्रममा ५ जनाको ज्यान गएको पुष्टी भएको जानकारी दिनुभयो । दुर्घटनामा एक नेपाली महिला गम्भीर घाइते भएको पनि उहाँले जानकारी दिनुभयो । हेलिकप्टरमा एक जना जापानी नागरिकसहित ७ जना सवार थिए । 

अन्तिम अपडेट: बैशाख २, २०८१

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

2 Comments

  • Indra

    Sept. 8, 2018, 4:03 p.m.

    हेलिकाेप्टर काे नाम के हाेला ?

  •  0 Reply
  • नवराज बन्जारा

    Sept. 8, 2018, 4 p.m.

    मृतात्मा ले स्वर्गमा बास होस परिवारमा समबेदना छ घाईते को शुस्वास्थ्यको कामना छ के कति कार्णले भयो छानबिन होस र अब यस्तो दुर्घटना नहुनदिन निती नियम कड़ा होस

  •  0 Reply

तपाईको प्रतिक्रिया