महिला साफ च्याम्पियनसिप : नेपाल र भारत खेल्दै, फाइनलमा पुग्न नेपालले बराबरी खेले पुग्ने

 पुस ४, २०७८ आइतबार ६:४२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् ।

खेल बङ्गलादेशको ढाकामा दिउँसो पौने तीन बजे सुरु हुनेछ । नेपालको ३ खेलमा ७ अङ्क छ ।

समान अङ्क भए पनि गोलअन्तरका आधारमा बङ्गलादेश पछाडि छ । भारतको तीन खेलमा ६ अङ्क छ । आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ । पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।

नेपालसहित भारत, भुटान, श्रीलङ्का र बङ्गलादेश गरी पाँच टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । शीर्ष दुई टोली उपाधिका लागि बुधवार खेल्नेछन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया