इङ्ग्लिस क्लब टोटेनह्याम कन्फ्रेन्स लिगबाट बाहिरियो

 पुष ६, २०७८ मंगलबार ६:४३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस क्लब टोटेनह्याम युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ ।

कोरोनाका कारण स्थगित टोटेनह्याम र रेनसबीचको खेल युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रद्द गरेसँगै टोटेनह्याम बाहिरिएको हो ।

टोटेनह्याम र रेनसबीच समूह चरणको अन्तिम खेल डिसेम्बर ९ मा हुने तालिका थियो । तर, टोटेनह्यामका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो ।

यूईएफएले लिगको प्ले अफ ‘ड्र’सार्वजनिक भइसकेको र यो खेलको लागि कुनै समय उपलब्ध नरहेकाले खेल रद्द गरिएको जनाएको छ ।

यूईएफएले नियमअनुसार रेनेसलाई ३–० को जितसहित ३ अङ्क दिएको छ । यो निर्णयसँगै रेनस समूह ‘जी’मा ११ अङ्क जोडेर समूह विजेता बनेको छ ।
 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया