मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गयो,  ७० हजार भन्दा धेरै विस्थापित

 पुष ७, २०७८ बुधबार ६:४४:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । केही दिनदेखि निरन्तर वर्षाका कारण आएको बाढीले जनधनको क्षति गरेको छ ।

बाढीका कारण ७० हजारभन्दा धेरै नागरिक विस्थापित भएका छन् । बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यसबाहेक अरु सात वटा प्रान्त बाढीबाट बढी प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । उद्धारकर्ता तथा सरकारी निकायले विस्थापितलाई राहत तथा पुनर्स्थापनका लागि सहयोग वितरण गरिरहेका छन् ।

बाढीका कारण सडक, विद्युत, सञ्चारलगायतका अत्यावश्यक सेवा प्रभावित भएका छन् । 
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया