१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज बङ्गलादेशसँग खेल्ने

 पुष ९, २०७८ शुक्रबार ६:४३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।

खेल बिहान सवा एघार बजेदेखि यूएईको सारजाहमा सुरु हुनेछ । नेपाल र बङ्गलादेशबीच हिजो हुने भनिएको खेल आजका लागि सरेको थियो ।

नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । नेपालले आइतवार श्रीलङ्का र मङ्गलवार कुवेतसँग खेल्नेछ ।

यसअघि सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र अफगानिस्तान छन् । हिजो भएका खेलमा भारत, पाकिस्तान र श्रीलङ्काले विजयी सुरुवात गरेका छन् ।

भारतले यूएईलाई १ सय ४५ रन, श्रीलङ्काले कुवेतलाई २ सय ७४ रन र पाकिस्तानले अफगानिस्तानलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका हुन् । जितसँगै भारत, पाकिस्तान र श्रीलङ्काको अङ्कतालिकामा दुई/दुई अङ्क भएको छ ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया