अबको केही दिन मौसम बद्ली हुने : पहाडी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना

 पुस १०, २०७८ शनिबार ७:२४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

आकाशमा बादल रहेकाले न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्न सक्ने भएकाले चिसो बढ्न सक्ने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस छ ।

यो हिजोको काठमाण्डौको न्यूनतम तापक्रम भन्दा बढी हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । पुस सुरु भएपछि बिहान बेलुका न्यूनतम तापक्रम कम भए पनि दिउँसो घाम लागेकाले अधिकतम तापक्रम घट्न नपाएकोले धेरै चिसोको महसुस भएको थिएन ।

न्यूनतम तापक्रम नघटे पनि चिसो हावा चल्दा र घाम नलाग्दा बढी चिसो महसुस हुन्छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम १८  डिग्री सेल्सियस रहेको थियो ।

हिजो नै ओखलढुङ्गाको न्यूनतम ५ दशमलव ५ र अधिकतम १४ दशमव ७,  धनकुटाको न्यूनतम ८ र अधिकतम १९ दशमलव ४, जोमसोमको न्यूनतम माइनस ३ र अधिकतम ११ र जुम्लाको न्यूनतम माइनस ५ र अधिकतम १४ डिग्री सेल्सियस रहेको थियो ।

आजदेखि मौसममा बद्ली हुने भएकाले अधिकतम तापक्रम केही घट्ने अनुमान छ । अबको केही दिन देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । पहाडी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।  बिहानको समयमा तुवाँलो लाग्नेछ । दिउँसोपछि तुवाँलो बिस्तारै हट्दै जाने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया