प्रचण्डको अडानकै कारण हामी संविधान सभाको चुनावमा गएका हाैँ : देउवा

 पुष ११, २०७८ आइतबार १८:४२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अडानका कारण आफूहरू संविधानसभाको चुनावमा गएको बताउनुभएको छ ।

आज आइतवार प्रज्ञा भवनमा माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिँदै सभापति देउवाले नेपालको राजनीतिक परिवर्तनमा माओवादीका अध्यक्ष प्रचण्डको ठूलो योगदान रहेको बताउनुभयो ।

‘संविधान सभाको चुनाव हामीले पनि २०७७ सालदेखि नै माग गरेका थियौँ, सफल भएको थिएन, तर पछिल्लो समय प्रचण्डको अडान र अग्रसरताले संविधान सभाको चुनाव भयो’, उहाँले भन्नुभयो । 

प्रधानमन्त्री देउवाले संविधान सभाको चुनावपछि देशमा लोकतन्त्रको स्थापना, समानुपातिक प्रतिनिधित्व बनेको र विभिन्न अधिकार प्राप्त भएको बताउनुभयो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Shankar

    Dec. 26, 2021, 7:10 p.m.

    टाउकोको मूल्य तोक्ने हजुर नै हो , अहिले बोल्न .......

  •  0 Reply

तपाईको प्रतिक्रिया