इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले लिभरपुललाई हरायो : टोटेनह्याम र साउथह्याम्पटनको बराबरी

 पुस १४, २०७८ बुधबार ६:५४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिभरपुललाई हराएको छ । आज बिहान भएको खेलमा लिभरपुल लेस्टरसँग १–० गोलले पराजित भएको हो । लेस्टरका एडेमोला लुकम्यानले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

अंकतालिकामा लेस्टर १८ खेलमा २५ अंकका साथ नवौँ स्थानमा छ । लिभरपुलको १९ खेलमा ४१ अंक छ । लिभरपुल अंकतालिकामा दोस्रो स्थानमा छ । समान खेलमा ४७ अंकका साथ म्यानचेस्टर सिटी शीर्षस्थानमा छ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा हिजो भएका खेलमा क्रिस्टल प्यालेसले नर्विच सिटीलाई ३–० र वेस्ट ह्यामले वार्टफोर्डलाई ४–१ ले हराएको छ । अर्को खेलमा टोटेनह्याम र साउथह्याम्पटनले बराबरी खेलेका छन् । टोटेनह्याम र साउथह्याम्पटले एक/एक गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै टोटेनह्यामको १७ खेलमा ३० अंक छ । टोटेनह्याम छैटौं स्थानमा छ । साउथह्याम्पटन २१ अंकका साथ १३ औं स्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया