दाङमा लागुऔषधसहित पाँच जना पक्राउ

 पुस १७, २०७८ शनिबार ११:४६:२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दुई दिनको अवधिमा दाङको तुलसीपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की मन्दिरा थापा, वडा नम्बर ५ कै  दीपु नेपाली, तुलसीपुर-६  बरुवागाउँका रूद्रमणि पोखरेल शर्मा, बरुवागाउँकै उर्मिला चौधरी र तुलसीपुर-७ सागरनगर टोलका कैलाश नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ५ ग्राम ७ सय १० मिलिग्राम ब्राउन सुगर पनि बरामद गरेको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया