कांग्रेसले देशमा भएका उद्याेग बेचेपछि हरियाे पासपाेर्टकाे खेती माैलायाे : दुर्गा प्रसाईँ

 पुस १७, २०७८ शनिबार १६:१६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एमाले)का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाउनु भएको छ । 

मेडिकल कलेज सञ्चालक समेत रहनु भएका उपप्रमुख प्रसाईँले नेपाली कांग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला देशका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताउनु भएको हो । शनिबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले देशका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरु रोजगारीको खोजीमा खाडी लगायत विदेश पलायन हुने अवस्था आएको तर्क समेत गर्नु भयो ।

‘२०४६ सालपछि २०६० सालसम्म नेपाली कांग्रेसको अधिकांश समय सत्तारोहण भयो । त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिए' उपप्रमुख प्रसाईले भन्नु भयो,  'उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरुको यो देशमा रोजगारी बन्द भयो  र विदेश पलायन हुन बाध्य भए । हरियो पार्सपोर्टको खेती मौलायो ।'

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया