माओवादी केन्द्रकोे चुनावी प्रक्रिया भोलिसम्मको लागि स्थगित, सहमतिमै नेतृत्व छान्ने प्रयास

 पुष १७, २०७८ शनिबार १९:४८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सुरु भएको चुनावी प्रक्रिया स्थगित भएको छ ।

माओवादीले आज बेलुका आठ बजेदेखि राति साढे १० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गराउने समय तोकेर चुनावी कार्यतालिका सार्वजनिक गरेको थियो । तर सकभर सहमतिमै नेतृत्व टुङ्ग्याउने भन्दै भोलि दिउँसो साढे एक बजेसम्मको लागि चुनावी कार्यक्रम स्थगित गरिएको नेता रामनारायण विडारीले जानकारी दिनुभयो ।

१५ जना पदाधिकारी र दुई सय ९९ जना केन्द्रीय सदस्यको लागि माओवादीको केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यक्रम सार्वजनिक गरेको थियो । जसअनुसार भोलि बिहान साढे ११ बजेदेखि मतदानको कार्यक्रम तय भएको थियो ।

तर सहमतिमै नेतृत्व टुङ्ग्याउने भन्दै चुनावी कार्यक्रम आजको लागि स्थगित गरिएको नेता विडारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया