इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित

 पुस २०, २०७८ मंगलबार ६:४८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित भएको छ ।

ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा उल्भ्सले घरेलु टोली युनाइटेडलाई १–० गोलले हराएको हो ।

खेलको ८२औँ मिनेटमा उल्भ्सका जोआओ माउटिन्होले गरेको गोल नै निर्णायक भयो । त्यसअघि युनाइटेडका क्रिस्टियानो रोनाल्डोले फ्रि–किकबाट गरेको गोल अफसाइड भएको थियो ।

उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओर्ल्ड ट्राफोर्डमा जित निकालेको हो । जितसँगै उल्भ्सको १९ खेलमा २८ अङ्क भएको छ ।

उल्भ्स अङ्क तालिकाको आठौँ स्थानमा छ । समान खेलमा म्यानचेस्टर युनाइटेड ३१ अङ्कका साथ साताैँ स्थानमा छ ।

म्यानचेस्टर सिटी २१ खेलमा ५३ अङ्कका साथ शीर्ष स्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया