खोप अभियान सुस्त : कुल जनसङ्ख्याको ४० प्रतिशतले खोप लगाएपछि बुस्टर डोज दिने तयारी

 पुस २४, २०७८ शनिबार ७:८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले यही महिनाभित्र ६६ प्रतिशत लक्षित नागरिकलाई खोप दिने भनेर लिएको लक्ष्य पूरा नहुने देखिएको छ ।

‘खोप अभियान’ सुस्त हुँदा लक्ष्य पूरा नहुने देखिएको हो । अहिलेसम्म ५५ प्रतिशत लक्षित नागरिकले मात्र पूर्ण खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार दैनिक एक लाखदेखि तीन लाखसम्मले खोप लगाइरहेका छन् ।

१८ वर्षमाथिका लक्षित जनसङ्ख्यामा सबैभन्दा बढी गण्डकी प्रदेशमा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो डोज र ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

वाग्मती प्रदेशमा ७७ प्रतिशतले पहिलो र ७४ प्रतिशतले पूर्ण खोप लगाएका छन् । यस्तै प्रदेश-१ मा ६७ प्रतिशतले पहिलो र ४८ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने लुम्बिनी प्रदेशमा ७२ प्रतिशतले पहिलो र ५१ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

कर्णालीमा पहिलो डोज लगाउने ५५ प्रतिशत र पूर्ण खोप लगाउनेको सङ्ख्या ४४ प्रतिशत छ । यसैगरी सुदूरपश्चिममा ६२ प्रतिशतले पहिलो र ५४ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।

सबैभन्दा कम प्रदेश-२ मा ५० प्रतिशतले पहिलो र ३९ प्रतिशतले पूर्ण डोज लगाएका छन् । अहिलेसम्म देशभर कुल जनसङ्ख्याको ३६ प्रतिशतले पूर्ण खोप लगाएका छन् । कुल जनसङ्ख्याको ४० प्रतिशतले पूर्ण खोप लगाएपछि बुस्टर या अतिरिक्त खोप लगाउने सरकारको तयारी छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया