'ए' डिभिजन लिग : नेपाल पुलिस र ब्रिगेड ब्याइज खेल्दै

 पुष २६, २०७८ सोमबार ६:४६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आठौँ चरणको अन्तिम खेलमा आज नेपाल पुलिस क्लब र ब्रिगेड ब्याइज क्लब खेल्दैछन् ।

खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । सात खेलमा एकमा जित र तीन खेलमा बराबरी खेलेको नेपाल पुलिस क्लब ६ अङ्कसहित ११औँ स्थानमा छ ।

यस्तै सात खेलमै एक जित र दुई खेलमा बराबरी खेलेको ब्रिगेड पाँच अङ्कसहित १२औँ स्थानमा छ ।

यसअघि हिजो दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियाे । थ्री स्टारका लागि घानेफो अन्सुमाना क्रोमाले एक गोल गरे भने एक गोल भने आत्मघाती उपहार पाएको हो ।  

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया