मकवानपुरमा चरेस र गाँजासहित तीन जना पक्राउ

 पुस २८, २०७८ बुधबार २०:२६:३३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मनहरी गाउँपालिका ८ सिमपानीबाट २० किलो पाँच सय ग्राम चरेस र १० किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आज बुधवार दिउँसाे ३ बजेकाे समयमा चितवनबाट हेटौँडा आउँदै गरेको लु ३ च ९७४ नम्बरकाे भ्यानलाई प्रहरीले रोकेर जाँच गर्ने क्रममा चरेस र गाँजा फेला परेको हो । मकवानपुर प्रहरीले विशेष सूचनाको आधारको आधारमा भ्यान जाँच गर्दा चरेस, गाँजाको धुलोसहित तीन जनालाई पक्राउ गरेकाे हाे । 

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका ६ का ३३ वर्षीय सन्तबहादुर थिङ, २७ वर्षीय ललितबहादुर थिङ र चितवनकाे राप्ती ११ भण्डराका २८ वर्षीय रामबहादुर तामाङ रहेका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया