बैतडीमा दुई बस ठोक्किए, २८ जना घाइते

 भदौ २५, २०७५ सोमबार १८:५३:३६ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीमा सोमबार अपरान्ह २ वटा यात्रुवाहक बस एक आपसमा ठोक्किएका छन् । 

महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी ६ बांगाबगर नजिक बस एक आपसमा ठोक्किँदा २८ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । 

महेन्द्रनगरवाट दार्चुलाका लागि छुटेको ना ६ ख ७४२० नम्बरको बस र गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ७५४७ नम्बरको बस अपरान्ह साढे चार बजे बांगाबगरमा ठोक्किएका  हुन् ।  

घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । बस ठोक्किनुको कारण खुल्न सकेको छैन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया