दोस्रो संस्करणको टाइगर कप भलिबलमा महिलातर्फको उपाधि एपीएफलाई

 माघ १, २०७८ शनिबार १४:५६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दोस्रो संस्करणको टाइगर कप भलिबलमा महिला तर्फको उपाधि एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो । 

एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सेटमा हराएको हो । उपाधिसँगै एपीएफले ट्रफीसहित ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
 

अन्तिम अपडेट: माघ २, २०७८

तपाईको प्रतिक्रिया