नेपाल पत्रकार महासंघद्वारा ९ बुँदे 'तिलाैराकाेट घाेषणापत्र' जारी

 माघ १, २०७८ शनिबार १५:५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले ९ बुँदे घाेषणापत्र जारी गरेकाे छ । कपिलबस्तुको तिलाैराकाेटमा अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा पुस ३० गते बसेकाे बैठकले पत्रकार हकहित र प्रेस स्वतन्त्रताकाे विषय लगायत समेटिएकाे घाेषणापत्र जारी गरेकाे हाे ।

प्रेस स्वतन्त्रता हनन् तथा पेशागत असुरक्षाका घटनाक्रमहरु बढीरहेको भन्दै यसप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको घाेषणा पत्रमा उल्लेख छ  । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबारे विभिन्न प्रदेशमा बनेका र बन्दै गरेका विभिन्न कानूनहरु प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित प्रदेश सरकारहरुसँग आग्रह पनि गरिएकाे छ ।

यस्तै राजनीतिक गतिरोधका कारण आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानून निर्माण हुन नसकेकाे भन्दै न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि महासंघले घाेषणापत्र मार्फत सरकार र राजनीतिक दलको  ध्यानाकर्षण गराएकाे छ ।

श्रमजीवी पत्रकारकाे तलब सेवा सुविधा तथा पत्रकारका समस्या समाधानमा अग्रसर हुन मिडिया सञ्चालक तथा सरकारी निकायका प्रतिनिधिसँग आग्रह गरेकाे छ । यस्तै पत्रकार स्वयंले सञ्चालन गरेका  साना लगानीका तथा स्वरोजगारमुखी मिडियाहरुको हित, उन्नति र संरक्षणका लागि संरक्षण नीति अवलम्वन गर्न पनि सरकारलाई आग्रह गरिएकाे छ ।

शाक्यमुनी बुद्धको राजधानी प्राचीन कपिलबस्तु (तिलौराकोट)लाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न र लुम्बिनी क्षेत्रको वृहत्तर गुरुयोजनामा लुम्बिनी प्रदेशका पुरातात्विक तथा पर्यटकीय स्थललाई समावेश गर्नु पर्ने लगायतका माग पनि घाेषणापत्रमा उल्लेख छन् ।

यस्तै बैठकले पछिल्लाे समय सार्वजनिक भएका मिडिया अवार्डलगायतका विषयहरुमा गम्भीरतापूर्वक समीक्षा गर्दै विवादित विषयहरुबाट महासंघलाई जोगाएर अगाडि बढ्ने संकल्प गरेको महास‌ंघले जनाएकाे छ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया