सुर्खेतको वीरेन्द्रनगरमा निसासिएर एकै परिवारका चार जनाको ज्यान गयो

 माघ २, २०७८ आइतबार ६:३८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदीमा निसासिएर एकै परिवारका चार जनाको ज्यान गएको छ ।

जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उहाँका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चीरञ्जीवी र  दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

घटना अस्ति शुक्रवार रातिकै भए पनि हिजो बेलुका मात्रै  सार्वजनिक भएको थियो । हिजो बेलुका सूचना पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको ज्यान गएको हुन सक्ने देखिएको छ ।  ज्यान गुमाएकी कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट फर्किँदै गरेकाले चारै जनाको शव परीक्षण हुन बाँकी छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । जाडोमा चिसो छल्न कोइला, ब्रिक्रेट तथा हिटर बाल्दा ध्यान दिन विज्ञले सुझाव दिँदै आएका छन् । बन्द कोठा भित्र यसरी कोइला, ब्रिक्रेट तथा हिटर बाल्दा अक्सिजनको कमी भइ निसासिएर ज्यान जाने जोखिम धेरै हुन्छ । जाडोबाट जोगिन तातो र न्यानो कपडा लगाउनु नै उत्तम हुने विज्ञ बताउँछन् ।

उनीहरुकाअनुसार कोइला बाल्नै परे खुला ठाउँमा बाल्नुपर्छ । खुल्ला ठाउँ छैन भने कोठाको झ्याल ढोका खुला राख्नु पर्छ । यस्तै, हिटर पनि लामो समयसम्म ताप्नु हुँदैन ।
 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया