दाङमा एकैरातमा ११ पसलमा चोरी

 माघ २, २०७८ आइतबार १३:७:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरमा एकैरातमा ११ पसलमा चोरी भएको छ ।

तुलसीपुर बजारकाे सल्यान रोडमा रहेका ११ ओटा किराना पसलमा चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पसलबाट नगद, रिचार्ज कार्ड, रक्सी लगायत चोरी भएकाे छ । 

चोरले पौडेल किरान पसल, जुगार एण्ड बुढागाउँ इलेक्ट्राेनिक्स सप्लायर्स, भाग्यलक्ष्मी कन्सर्न,न्यु पञ्चकोसी इन्टरप्राइजेज लगायतका पसलका ताला फोडेका छन् ।

प्रहरीले ताला फोड्न प्रयोग गरिएको दुई थान सरिया समेत फेला पारेकाे छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले क्षतिबारे विवरण सङ्कलन गर्दै अनुसन्धान थालेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया