भारतसँगको एकदिवसीय क्रिकेट श्रृङ्खला दक्षिण अफ्रिकाले जित्यो

 माघ ८, २०७८ शनिबार ६:५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतसँगको एकदिवसीय क्रिकेट श्रृङ्खलाको सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले एक खेल अगावै जितेको छ ।

पर्लमा गएराति भएको दोस्रो एक दिवसीयमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिकाले सिरिज २–० ले आफ्नो बनाएको हो । भारतले दिएको २ सय ८८ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा जानेमान मालनले सर्वाधिक ९१ रन तथा क्विन्टन डी ककले ७८ रनको अर्धशतकीय पारी खेले । भारतका जस्प्रित बुम्राह, युजभेन्द्र चाहाल र शार्दुल ठाकुरले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन जोडेको थियो ।

भारतका ऋषब पन्तले ८५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान केएल राहुलले ५५ रन बनाए । दक्षिण अफ्रिकाका ताब्रेज शास्मीले २ विकेट लिए । तेस्रो तथा अन्तिम एक दिवसीय आइतवार केप टाउनमा हुनेछ । भारतले दक्षिण अफ्रिकासँग तीन टेस्टको सिरिज २–१ ले गुमाएको थियो । यो सिरिजपछि विराट कोहलीले भारतीय टोलीबाट टेस्ट कप्तानको नेतृत्व छाडेका छन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया