सुनको भन्सार महसुल घट्यो, भाउ पनि घट्ने
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।
अस्ट्रेलियामा चलिरहेको बीग बास लिग बीबीएल टी–२० क्रिकेटमा सहभागिता जनाएर सन्दीप गएराति स्वदेश फर्किएका हुन् । त्रिभुवन विमानस्थलमा ओर्लेपछि कप्तानको रुपमा पहिलो सार्वजनिक अभिव्यक्ति दिएका सन्दीपले राष्ट्रिय टोलीका लागि सबैले एकजुट भएर खेल्ने प्रतिबद्धता जनाएका छन् ।
अघिल्लो महिना नेपाल क्रिकेट सङ्घ क्यानले ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई कप्तान नियुक्त गरेको थियो । ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्व कप ग्लोबल छनोटका लागि सन्दीप बीबीएल नसकिँदै स्वदेश फर्किएका हुन्। मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले छनोटका लागि सन्दीपको कप्तानीमा टिम घोषणा गरिसकेका छन् ।
अब उनी नेपाली टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । सन्दीपले बीबीएलमा होबार्ट ह्युरीकेन्सबाट खेलेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।