सुजुकीले ल्यायो दसैँ- तिहारको लागि पर्वोत्सव योजना

 भदौ २६, २०७५ मंगलबार १५:३१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटो कर्पले नेपालीहरुको महान् चाड दशैँ र तिहारलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ । 

काठमाडौंमा मंगलबारबाट सुरु भएको नाडा अटो शोको अवसरमा कम्पनीले योजनाबारे जानकारी सार्वजनिक गर्दै सम्पूर्ण गाडीहरुमा अफर उपलब्ध गराउने छ । 
नाडा अटो शोकोे लागि यस योजना अन्तर्गत कम्पनीले थप आकर्षक छुट पनि उपलब्ध गराउने जनाएको छ । 

अफर अन्तर्गत उपभोक्ताले २ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा स्क्रयाच कुपनमार्फत १ लाख रुपौयाँसम्म अतिरिक्त छुट पाउनेछन् । 

यसबाहेक उपभोक्ताहरुले कम्पनीका २०१७ का सम्पूर्ण मोडलहरुमा तथा नाडा अटो शोको बुकिङमा विशेष छुट समेत पाउने कम्पनीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया