दक्षिणी अफ्रिकाका तीन देशमा ‘आना’ आँधीबाट ज्यान गुमाउनेको सङ्ख्या ७० पुग्यो

 माघ १४, २०७८ शुक्रबार ६:५७:५४ | एजेन्सी
unn.prixa.net

दक्षिणी अफ्रिकाका तीन वटा देशमा उष्ण कटिबन्धीय आँधी ‘आना’ बाट ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । 

मुसलधारे वर्षासँगै उष्ण कटिबन्धीय आँधी ‘आना’ ले मोजाम्बिक, मालावी र मदागास्करमा क्षति गरेको छ । 

मदागास्करमा ४१, मोजाम्बिकमा १८ र मालावीमा ११ जनाको ज्यान गएको पछिल्लो विवरण प्राप्त भएको छ ।

तीन देशका उद्धारकर्मीले पूर्ण क्षतिको मूल्याङ्कन गर्न कठिनाइ भइरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ । 

जिम्बाब्वेमा आएको आँधीकाे प्रभावहरू भने बिस्तारै हट्दै गएका छन् । त्यहाँ जनधनको क्षति भए/नभएको बारेमा जानकारी प्राप्त हुन सकेको छैन ।   
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया