सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसबीच चर्काचर्की, अमेरिकाले अनावश्यक आतङ्क फैलाइरहेको रुसको आरोप

 माघ १८, २०७८ मंगलबार ६:४७:४९ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका राजदूतबीच आक्रोसपूर्ण भनाभन भएको छ ।

रुसले युक्रेनमा आक्रमणको लागि सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक परिचालन गरेको भन्दै अमेरिकाको आग्रहमा बसेको सुरक्षा परिषद्को बैठकमा संयुक्त राष्ट्र सङ्घका लागि रुसी र अमेरिकी राजदूतबीच चर्काचर्की भएको बीबीसीले जनाएको छ ।

बैठकमा अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले रुसले पछिल्लो दशककै सबैभन्दा धेरै सैनिक परिचालन गरेर स्वतन्त्र देश युक्रेनको अस्तित्वमाथि धावा बोलिरहेको आरोप लगाउनुभएको खबरमा उल्लेख छ ।

उहाँले अमेरिकाले समस्याको कुटनीतिक समाधान चाहेको र रुसले युक्रेनमा आक्रमण गरेमा त्यसको निर्णयक जवाफ दिने चेतावनी दिनुभयो । तर रुसी राजदूत भास्ली नेबेन्ज्याले अमेरिकाले शक्तिको उन्माद देखाउँदै युक्रेन मामिलामा नचाहिँदो हल्ला फैलाएर विश्वलाई आतङ्कित बनाइरहको आरोप लगाउनुभयो ।

उहाँले अमेरिकी कदम रुसका लागि अस्वीकार्य रहेको पनि बताउनुभएको छ । रुसले युक्रेनविरुद्ध आक्रमणको तयारी गरेको कुनै प्रमाण देखाउन चेतावनी दिँदै रुसले तालिमको लागि आफ्नो क्षेत्रमा सेना परिचालन गर्दा अमेरिका र युरोपले आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको पनि बताउनुभएको छ । बैठकमै अमेरिकी र बेलायतका प्रतिनिधिले रुसले युक्रेनमाथिको दमन अन्त्य नगरे आर्थिकसहितका थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

पछिल्लो तनावका विषयमा रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले हिजो फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोसँग टेलिफोन कुराकानी गर्नुभएको छ भने आज अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रुसी समकक्षी सर्गेइ लाभरोभबीच कुराकानी हुने बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया