एनसेलको 'ननस्टप टाइम प्याक'

 माघ १९, २०७८ बुधबार २०:३२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डाटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले 'ननस्टप टाइम प्याक' ल्याएको छ जसमा ग्राहकले छोटो समय अर्थात् १५ मिनेट र दुई घण्टाका लागि डाटा सेवा लिन सक्छन् ।

कम्पनीले पहिले नै एक घन्टा समयावधि भएको डाटा प्याक उपलब्ध गराउँदै आएको छ र आफ्ना ग्राहकलाई आवश्यकताअनुसार सेवा उपलब्ध गराउन यी नयाँ दुई डाटा प्याक ल्याएको हो । आफ्ना अनलाइन गतिविधिहरूका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी प्याक उत्तम विकल्प हुने कम्पनीले जनाएकाे छ । 

यस योजनामा ग्राहकले करसहित १० रुपैयाँमा १५ मिनेटको डाटा प्याक पाउँछन् र त्यसैगरी दुई घण्टाको डाटा प्याक ३० रुपैयाँमा लिन सक्छन् । यी प्याक सुरु रहेको अवधिमा ग्राहकले एक एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट सेवा पाउँछन् ।

ग्राहकले सजिलैसँग *१७१२३# डायल गरी वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डाटा प्याक लिन सक्छन् । यदि ग्राहकले प्याकको समयभन्दा बढी डाटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुरु रहेको खण्डमा त्याे प्याकबाट अतिरिक्त डाटा प्रयोगको शुल्क काटिन्छ र त्यस्ता कुनै प्याक सुरु नरहेको अवस्थामा 'पे एज यू गो' को दरअनुसार डाटा शुल्क लाग्दछ ।

यी टाइम प्याकको समयावधि ग्राहकले प्याक सुर गरेको समयको आधारमा गणना गरिन्छ । उदाहरणका लागि, यदि कुनै ग्राहकले १ बजे दुई घण्टाको टाइम प्याक खरिद गर्दछन् भने उसको प्याक प्रयोगको समयसीमा ३ बजेसम्म मान्य हुन्छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया