नेटोको विस्तारमा चीनको पनि विरोध

 माघ २२, २०७८ शनिबार ७:२:५० | एजेन्सी
unn.prixa.net

चीनले पनि उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) विस्तारको विरोध गरेको छ ।

नेटोबारे यसअघि कुनै प्रतिक्रिया नदिएको चीनले नेटोको विस्तारबारे विरोध गरेको बीबीसीले जनाएको छ ।

हिउँदे ओलम्पिक्सकाे उद्घाटन समारोहमा सहभागी हुन चीन पुग्नुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङ बीच भएको भेटपछि निकालेको संयुक्त विज्ञप्तिमा नेटोको विस्तारको विरोध गरिएको छ ।

भेटमा रुसी राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले रुसलाई कमजोर बनाउन नेटो गठबन्धनलाई प्रयोग गरिरहेको दाबी गर्नुभएको थियो ।

रुसको छिमेकी तथा सोभियत सङ्घबाट टुक्रिएको युक्रेनलाई नेटोको सदस्य बनाउने प्रक्रिया सुरु भएपछि रुसले नेटोको तीव्र विराेध गरिरहेको छ । अहिले युक्रेनका सीमामा एक लाखभन्दा बढी रुसी सेना तैनाथ गरिएका छन् । अमेरिका तथा युरोपेली देशहरुले रुसले युक्रेनमा आक्रमण गर्ने दाबी गर्दै त्यसो नगर्न चेतावनी दिइरहेका छन् ।

युक्रेनको मामिलालाई लिएर रुस र पश्चिमा देशहरुबीच उत्पन्न तनावका बारेमा मौन रहेको चीनले नेटो विस्तारको विरोध गरेपछि समस्या अझ बढ्ने देखिएको बीबीसीले जनाएको छ । चीन र अमेरिका बीचको तनाव पनि बढ्दो छ ।

तस्बिर : ग्लाेब इकाे

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया