आणविक सम्झौतालाई पुनर्जीवित गर्न अमेरिकाले लगाएको प्रतिबन्ध हटाउनु मात्रै पर्याप्त नहुने  इरानको भनाइ

 माघ २३, २०७८ आइतबार ६:५७:५४ | एजेन्सी
unn.prixa.net

इरानले सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्न आफूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध हटाउनु मात्रै पर्याप्त नहुने जनाएको छ ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता सैयद खटिब्जादेहले प्रतिबन्ध हटाउने अमेरिकाको कर्तव्य र दायित्व पूरा गर्ने विषयमा इरानले पर्खिरहेको बताउनु भएको छ । तर, आणविक सम्झौतालाई पुनर्जीवित गर्न यो कदम मात्रै पर्याप्त नहुने उहाँकाे भनाइ छ । अमेरिकाले आणविक प्रतिबन्धलगायत सबै प्रतिबन्ध हटाएमा मात्र थप चरणका वार्ताका लागि मार्ग प्रशस्त हुने उहाँले बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले  जनाएका छन् ।

अमेरिकी सरकारले अस्ति इरानलाई अन्तर्राष्ट्रिय आणविक सहयोग परियोजनाको अनुमति दिन स्वीकृति छुट फिर्ता गरेको थियो भने झण्डै १० महिनाअघि सन् २०१५ को आणविक सम्झौता पुनः स्थापना गर्न सुरु गरिएको भियना वार्ता अहिले निर्णायक चरणमा पुगेको जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया