प्रिमियर लिग : सिटीले ब्रेन्टफोर्डलाई हरायो, टोटनह्याम साउथह्याम्पटनसँग स्तब्ध

 माघ २७, २०७८ बिहीबार ६:४८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराएको छ ।

बेन्टफोर्डलाई हराउने क्रममा सिटीका लागि महरेज र केभिन डी ब्रुयनले गोल गरे ।

सिटी ६० अङ्कसहित शीर्ष स्थानमा छ ।

गएराति नै भएको खेलमा साउथ ह्याम्पटनले टोटनह्यामलाई ३–२ गोलले हरायो । टोटनह्यामले १८ मिनेटमा आत्मघाती गोल उपहार पाएर अग्रता बनाएको थियो । तर २३ मिनेटमा साउथह्याम्पटनका ब्रोजाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

७० मिनेटमा टोटनह्यामका सोन ह्युङ मिनले गोल गरेर टिमलाई अग्रता दिलाए तर ७९ र ८२ मिनेटमा गोल गर्दै साउथह्याम्पटन विजयी भयो । साउथह्याम्पटन २८ अङ्कका साथ दशौँ स्थानमा पुगेको छ । टोटनह्याम साताैँ स्थानमा छ ।

यस्तै, नर्विच सिटी र क्रिस्टल प्यालेस तथा लिड्स युनाइटेड र एस्टन भिल्लाले बराबरी खेलेका छन् । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया