अनन्त भारतको आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी

 माघ २८, २०७८ शुक्रबार ७:३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ भारतको इन्डियन सुपर लिग (आईएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बङ्गालमा अनुबन्धित भएका छन् ।

अनन्तले यो सिजनको अन्तिमसम्मका लागि इस्ट बङ्गालसँग सम्झौता गरेका हुन् । उनको टोलीले लिगमा अब चार खेल खेल्न बाँकी रहेको छ । अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

अनन्तले थ्री स्टार क्लबमा सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका थिए ।

थ्री स्टारले अनन्तलाई आईएसएलका लागि फुकुवा गरिसकेको छ ।

 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया