तनाव कम गर्न रूसले युक्रेन सीमाबाट फौजलाई पछि हटाउनुपर्छ : बेलायत

 माघ २८, २०७८ शुक्रबार ७:१९:३८ | एजेन्सी
unn.prixa.net

रुस र पश्चिमा देशबीचको तनाव कम गर्न रुसले युक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतले जनाएको छ ।

बेलायती विदेशमन्त्री लिज ट्रुसले मस्कोमा भएको एक कार्यक्रममा युक्रेनी सीमामा रहेका फौज र उपकरणहरू खतरनाक सुरक्षा चासोको विषय बनेको प्रतिक्रिया दिनुभएको हो ।

विदेशमन्त्री ट्रुसले युरोपेली सुरक्षा र युक्रेनको तनावबारे मस्को र पश्चिमा देशका अधिकारीबीच हप्तौँको गहन वार्ताको पछिल्लो समयमा रूसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेट गर्नुभएको हो ।

मस्कोमा भएको वार्तापछि ट्रुसले लाभरोभसँगको छलफलले सकारात्मक सन्देश दिएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

रूसले आफ्नो पूर्व सोभियतकालीन भूभागमा रहेको छिमेकी युक्रेन वरिपरि एक लाख सेना तैनाथ गरेपछि युक्रेनमा द्वन्द्व चर्काउने तयारी भइरहेको  टिप्पणी हुँदै आएको छ । तर रुसले यसको खण्डन गरिरहेको छ।

युक्रेनको सीमामा रहेको रूसी र बेलारूसी फौजबीच ठूलो सैन्य अभ्यास सुरु हुँदा विदेश मन्त्रीहरूबीच भेट भएको हो ।  

तस्बिर : द मस्काे टाइम्स

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया