वेस्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारतको 'क्लिन स्वीप'

 माघ २९, २०७८ शनिबार ६:५४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतले वेस्ट इन्डिजसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खलामा 'क्लिन स्वीप' गरेको छ ।

अहमदाबादमा हिजो भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा वेस्ट इन्डिजलाई ९६ रनले हराउँदै घरेलु टोली भारतले श्रृङ्खला ३–० ले जितेको हो । भारतले एक दिवसीय क्रिकेटमा वेस्ट इन्डिजसँग श्रृङ्खला क्लिन स्वीप गरेको यो पहिलो पटक हो ।

भारतले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ६९ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका ओडिन  स्मिथले सर्वाधिक ३६ रन जोडे । त्यस्तै कप्तान निकोलस पुरणले ३४ र अल्जारी जोसेपले २९ रन बनाए ।

भारतका प्रसिद्ध कृष्ण र मोहमद सिराजले ३/३ विकेट लिए । दिपक चाहर र कुलदीप यादवले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ६५ रन बनाएको थियो । भारतका लागि श्रेयस आयरले ८० रन तथा ऋषब पन्तले ५६ रनको अर्धशतकीय पारी खेले।

वेस्ट इन्डिजका जासन होल्डरले ४ तथा अल्जारी जोसेप र हेडेन वाल्शले २/२ विकेट लिए।   
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया